५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपा सुनारले न्याय नपाए राष्ट्रिय सभामै अनसन बस्ने सांसद पासवानको चेतावनी



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले राष्ट्रिय सभामै अनसन बस्ने चेतावनी दिएका छन् । 

बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले जातीय छुवाछुत तथा विभेदको घटनामा रुपा सुनारले न्याय नपाए राष्ट्रिय सभामै अनसन बस्ने चेतावनी दिएका हुन् । 

यस्तै सांसद पासवानले दलित भएकै कारण रुपालाई कोठा भाडामा नदिने घरभेटीलाई छुटाउन सरकारका मन्त्री नै संलग्न हुनु आपत्तिजनक भएको समेत उल्लेख गरे । 

'यो रुपा सुनारको मात्र विषय होइन । समस्या दलितको मुद्दा हो । मन्त्री नै  सरकारी गाडी लिएर जान मिल्छ ?' उनले बैठकमा प्रश्न गरे ।