२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितले खलाडीको मनोबल बढ्यो, निकै उत्साहित छौँः कप्तान पौडेल



file
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै सुखद् नतिजा निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलवार सम्पन्न विश्वक क्रिकेट लिग–२ अन्तर्गत नामिबियाको खेलमा २ विकेटको रोमाञ्चक जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताए । उनले लिग–२ मा सबै ठूलो लक्ष्य २ सय ८६ रन पूरा गर्दै इतिहास रचेकोमा खुशी पनि व्यक्त गरे । यो जितपछि खेलमा लय मिलेको र आगामी दिन यस लयलाई निरन्तरता दिनुपर्ने बताउँदै अभ्यासको क्रममा बनाएका रणनीतिलाई अवलम्वन गर्दा सफलता मिलेको बताउनु भयो । डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि सजिलै मिलेको कप्तान रोहितले बताए ।

स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपालका लागि कुशल भुर्तेलले शतकीय पारी पनि खेले । कुशलको करियरमा पहिलो शतकीय पारी हो भने उनले ट्वान्टी–२० र एक दिवसीय खेलमा शतक पूरा गर्ने तेस्रो खेलाडी पनि बनेका छन् । शतक प्रहार गर्दै इतिहास बनाएका कुशलले खेलपछिको पत्रकार सम्मेलनमा खुशी रहेको प्रतिक्रिया दिए । लिग–२ मा बाँकी रहेका १२ खेलमा के गर्ने भन्ने योजना बनाइरहेको बेला पहिलो सफलताले टोलीलाई हौसला मिलेको बताए । नेपाली टोलीको एक दिवसीय मान्यता कायम रहने वा नरहने अवस्थामा प्रशिक्षकले दिएको जिम्मेवारीलाई पूरा गर्न कोशिस गरेको भन्दै कुशलले ओपनिङमा ब्याटिङ गर्न रुचाउने बताए । शतक पूरा गरेको अवस्थामा व्यक्तिगत हिसावमा खुशी भएपनि टोलीका लागि खुशी दिलाउन अन्तिमसम्म पु¥याउन नसकेकोमा दुखी भएको बताए ।

उता भ्रमणकारी टोली नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस क्रिकेटको मज्जा नै प्रतिष्पर्धामा हुने गरेको बताउँदै खेलकै क्रममा धेरै कीर्तिमान पनि हुने गरेको बताए । ब्याटिङ पिच भएकाले दोस्रो इनिङलाई सहज भएको र घरेलु टोलीलाई समर्थकको साथले सुखद् नतिजा मिलेको बताए । नेपाली टोली विगतमा ब्याटिङ पक्ष सुधारका लागि संघर्ष गरिहेको तर अहिले केही सुधार भएको औंल्याए । नामिबिया कप्तान ग्रेहार्डले अहिलेको नेपाली टोलीले विकेट जोगाउँदै खेल्न अभ्यस्त हुन थालेको टिप्पणी गरे ।

त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ भने फागुन ६ गते नामिबियासँग दोस्रो खेल खेल्नेछ । बुधवार नामिबिया र स्कटल्याण्डबीच खेल हुनेछ ।