२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा मनि ट्रान्स्फरबाट ५० बढि देशमा सहजै रेमिट्यान्स् पठाउन सकिने



अ+ अ-

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिने भएको छ ।

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्ने  कम्पनीले बताएको छ । नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिने भएका हुन्। साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

सिफ्ट फाइनान्सियल सर्विस बारेमा
सिफ्ट युकेमा अवस्थित् अन्तराष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो, जसले विश्वभर सजिलो, सुरक्षित् र किफायति तरिकाबाट रेमिट्यान्स् सेवा दिँदै आएको छ । सिफ्टले समय र दुरिको अवरोधबालाई पार गराइ दु्रत रेमिट्यान्स् सेवा मार्फत विश्वभरका मानिसहरूको आवश्यकता पुरा गर्दै आएको छ । सिफ्टसँग ६ महाद्धिपका २ लाख ५० हजार भन्दा बढि स्थानहरूमा नेटवर्क सञ्जाल छ । एशिया, युरोप, अफ्किा,अष्टे«लिया,दक्षिण र उत्तर अमेरिका लगायतका विश्वका धेरै बैंक र एक्स्चेञ्ज कार्यालयहरूबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको छ । 

इसेवा मनि ट्रान्सफर बारेमा 
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।




भर्खरै