२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद केसीको प्रश्न – महाअभियोग प्रस्तावको तरबार कहिलेसम्म झुण्ड्याएर राख्ने ?(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको अन्तरिम आदेशसम्बन्धी फैसला छलफलका लागि संसद्मा प्रस्तुत गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उहाँले नवनिर्वाचित सांसदहरुले सपथ लिएको दुई महिना बितिसक्दा पनि संसद्मा अदालतले दिएको अन्तरिम आदेश र सम्पूर्ण फाइल प्रस्तुत हुन नसक्नु दुःखद हो भन्नुभयो ।

पूर्वप्रधानन्यायाधीश जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव अहिलेसम्म टुंगो लाग्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रो संविधानको धारा १११ को १० मा अघिल्लो कार्यकालको संसद्मा प्रस्तुत भएका कुनै पनि कुरा नयाँ संसद्मा स्वतः निष्क्रिय हुने व्यवस्था छ, प्रतिनिधिसभा नियमावलीमा पनि त्यस्तो कुनै व्यवस्था छैन, हाम्रो जस्तै व्यवस्था भएको बेलायत र भारतमा पनि अघिल्लो कार्यकालको संसद्मा प्रस्तुत भएका कुराहरु पछिल्लो संसद्मा समाप्त हुने व्यवस्था छ ।”

तर गत मंसिर २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद्को अधिकारलाई संसद्का महासचिवले प्रयोग गरेको हुनाले अन्तरिम आदेश दिइएको छ भनी फैसला गरेको उल्लेख गर्दै उहाँले संसद्मा त्यो अन्तरिम आदेश र सम्पूर्ण फाइलहरु प्रस्तुत नहुनु दुःखद हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो कुन पात्र हो, को व्यक्ति हो, कति जिम्मेबार छ कि छैन, दोषी छ कि छैन त्यो अर्को पक्ष हो । तर कसैलाई पनि कानूनले दिनुपर्ने अन्तिम निर्णय नदिएर तरबार झुण्ड्याएर राख्नु निर्णयविहीनता र विधिविहीनताको परकाष्ठा हो, संविधानवादको उपहास हो, र यो संविधान र कानूनको शासनका निम्ति लज्जास्पद विषय हो ।”

नेता केसीले देशको संविधानको रक्षक, नेपाली जनताको सर्वोच्चता र सार्वभौमिकताको संरक्षक सर्वोच्च अदालत अहिले वर्ष दिनदेखि कामुको नेतृत्वमा छ भन्दै यसले पर्ने मनोवैज्ञानिकदेखि संस्थागत असरतर्फ सरकार गंभीर हुनुपर्ने बताउनुभयो ।




भर्खरै