२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन चल्न नदिने नाउपाको चेतावनी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न संसद्समक्ष आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गर्दै अन्यथा सदन अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “जबसम्म लाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदैन तबसम्म सदन चल्न सक्दैन ।” सांसद चौधरीले प्रतिवेदन सार्वजनिक नगरे सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य–तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठन भएको थियो ।

टीकापुर घटनाबारे ०७३ असोज ६ गते गठित आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि माग गर्दै आएका छन् ।