५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि एमाले कार्यदलको बैठक बस्दै, सहमतिको खोजी जारी



अ+ अ-

काठमाडौं । नेकपा एमाले एकताका लागि दुवै पक्षबाट गठित वार्ता टोली कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठक बिहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको हो । 

बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । कार्यदलमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्यहरु रहेका छन् । नेकपा एमालेको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको मंगलबारको बैठकले पनि कुनै ठोस निर्णय निकाल्न सकेन । पछिल्लो समय निस्क्रिय कार्यदल सोमबारदेखि सक्रिय भएको भएपनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन ।

हिजोको बैठकमा एमालेको संगठनात्मक प्रणालीलाई कसरी अगाडी बढाउने र पार्टी भित्र देखिएको समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको कार्यदल सदस्य भिम रावलले बताएका हुन् ।