२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला कुर्मीलाई न्याय दिने सरकारसँगको सहमतिपछि आन्दोलन स्थगित



अ+ अ-

काठमाडौं । ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।

विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माईतीघरमा आन्दोलन गर्दै आएका उनीहरुलै तत्कालका लागि आज (बुधवार) बाट आन्दोलन स्थगित गरेका हुन् । मंगलवार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरुले आजबाट आन्दोलन स्थगित गरेका हुन् । सरकारसँगको सहमितमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नको लागि मुलुकी फौजदारी कार्यविधि संहीता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गरी दोषीको मुद्दा चलाउने सहमति भएको छ ।

त्यस्तै आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्नेगरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाँती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षका व्यक्तिहरुको जिउ ज्यानको सुरक्षाको लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवद्र्धन गर्ने सहमति भएको छ ।

अधिकारकर्मी रुबी खान भन्नुभयो, ‘४८ दिनसम्म हामीले अहिले आन्दोलन गरेका छौँ । हामीले लालटिन बालेर पनि सरकार खोज्यौँ तर सरकार हामीले ४७ दिनसम्म पनि पाएनौँ । ४८ दिनमा सरकारले सहमति गरेको छ तर त्यसमा पनि हामीलाई पूर्ण विश्वास छैन । राज्यसँग हाम्रा तीन बुँदे सहमति भएका छन्, प्रधानमन्त्रीज्युले न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ ।

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नको लागि मुलुकी फौजदारी कार्यविधि संहीता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गरी दोषीको मुद्दा चलाउने, आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्नेगरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाँती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने, आन्दोलनरत पक्षका व्यक्तिहरुको जिउज्यानको सुरक्षाको लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवद्र्धन गर्ने ।’

उहाँले निर्मला कुर्मीको न्यायका लागि यस पटक एसएसपीको नेतृत्वमा विशेष टोली बन्ने बताउनु भयो ।