काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । आज (बुधबार) बिहान कुमारको निधन भएको जानकारी उनको सामाजिक सञ्जाल ट्विटरबाट प्रप्त भएको छ । उनको निधनबारे उनको आफ्नै व्यक्तीगत ट्विटर ह्याण्डलमा उल्लेख गरिएको छ ।
बुधबार बिहान मुम्बईको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको हो ।
उनी पल्लिो समय बिरामीका कारण अस्पतालमै भर्ना थिए । बलिउडमा उनको मुगल ए आजम तथा देवदास जास्ता चलचित्रहरु प्रख्यात रहेको थियो ।












