२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रप्रमुख राजा हुनुपर्छः राप्रपा प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रपति निर्वाचनको विषयले राजनीतिक सरगर्मी बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रप्रमुख राजा हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रप्रमुखको रुपमा राजा हुनुपर्छ भन्ने पक्षमा निरन्तर आवाज उठाइरहेको स्मरण गराउँदै राप्रपाले दस्तावेजमै सो कुरा उल्लेख गरेको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा त राष्ट्रप्रमुखको रूपमा राजा हुनुपर्छ भन्ने पक्षमा निरन्तर आवाज उठाइरहेका मात्रै छैनौं दस्तावेजमै उल्लेख गरेका पार्टी हौं, के हाम्रा दलहरू आफ्नो देशको राष्ट्रप्रमुख छान्न सक्षम छैनन् वा सक्षम नभएकै हुन् ?’

उनले राष्ट्रपतिमा बाह्य हस्तक्षेपको विषयमा आइरहेको चर्चालाई लिएर दलहरूले राष्ट्रप्रमुख छान्न सक्षम नभएको भन्दै आलोचना समेत गरेका छन् ।

‘आसन्न राष्ट्रपति निर्वाचनका सम्भावित उमेदवारमा अमुक राष्ट्रको यो रुचि र यो लबिङ छ भन्ने खालका पात्र समेत तोकिएका समाचारले हाम्रो निर्णायकत्व कमजोर रहेको प्रत्याभूत गराउँदछ । उनले भनेका छन्, ‘सार्वजनिक सञ्चारमाध्यमले त्यस खालका समाचार निरुत्साहित गर्नुपर्नेमा झन् प्रोत्साहित गर्दैगर्दा आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपलाई स्विकार गरेको मात्रै होइन हस्तक्षेपलाई आमन्त्रण गरेको प्रतित भइरहेको छ ।’

यस्तै, संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने राप्रपाको घोषित नीति रहेको प्रस्ट पार्दै श्रेष्ठले राष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा उपयुक्त समयमा सार्वजनिक गर्ने बताएका छन् ।