काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिन लागिएको विषयप्रति आपत्ति जनाउँदै उक्त कार्य राष्ट्रघाती भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत निजी हवाई कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्न लागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक भएको बताएका हुन् ।
एउटा निजी हवाइ कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्नलागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक छ।संसद र संसदीय समिति क्रियाशील नरहेको मौका छोपेर ओली र उनका आसेपासेहरूले यो दुष्कर्म गर्नु झन् अपराधिक र राष्ट्रघाती छ!सबैतिरबाट प्रतिवाद गरौं! https://t.co/6YwEYuYnEB
— Baburam Bhattarai (@brb1954) July 6, 2021












