५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० महाभिडन्तः फाइनलमा पुग्न इटाली र स्पेनबीच टकराब



अ+ अ-

एजेन्सी । युरो २०२० फुटबलको पहिलो सेमिफाइनल खेलमा आज (मंगलबार) राति प्रतिक्षित खेल हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा दुई दाबेदार राष्ट्र इटाली र स्पेन भिड्दैछन् । दुई टीमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । 

पछिल्लो समय युरोपको सबैभन्दा उत्कृष्ट फर्ममा भएको इटालीले कीर्तिमानी ३२ खेलमा अपराजित यात्रा तय गरिसकेको छ भने पछिल्ला १३ खेलमा इटालीले शत प्रतिशत नतिजा निकालेको छ । अर्कातर्फ पछिल्ला १२ खेलमा अपराजित स्पेनले समूह चरणको दुई खेल भने बराबरी खेलेको थियो ।

इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । जसमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले क्वाटरफाइनलमा पाखा लगाएको थियो । 

तीन पटकको च्याम्पियन स्पेनले भने क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

इटाली र स्पेनबीच हेड टु हेडको कुरा गर्दा हालसम्म ३३ खेलमा आमनेसामने भएका छन् । जसमा स्पेनले १२ खेल जितेको छ भने ९ खेलमा इटाली विजयी बनेको छ । यस्तै १२ खेल बराबरीमा टुंगिएको छ ।