काठमाडौं । आज (मंगलबार) नेकपा (एमाले) एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने बताइएइको छ । पछिल्लो समय एमाले विवाद चर्किँदै गएपछि कार्यदल पुनः ब्युँतिएको हो ।
कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो ।
कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, र रघुजी पन्त छन् । यता अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।












