२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससको ६२ औँ वार्षिकोत्सव सम्पन्न



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव आज यहाँ सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित समारोह सम्पन्न भएको छ । साथै आजै राससका सबै प्रदेश कार्यालयमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहमा उत्कृष्ट सेवाग्राहीलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गोरखापत्र संस्थान, दि हिमालयन टाइम्स र लोकान्तर डट कमलाई सम्मान गर्नुभएको हो ।

सो सम्ममान गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, दि हिमालयन टाइम्सका प्रतिनिधि रामकुमार कामत र लोकान्तर डट कमका प्रधानसम्पादक विमल गौतमलाई प्रदान गरिएको थियो ।

समाचार संस्था राससबाट उत्पादन भएका समाचार सामग्रीको प्रयोगमा पत्रकारिता आचारसंहिताको पालना गर्ने ती सञ्चारमाध्यमलाई सम्मानित गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ गरी दुई पुस्तक विमोचन गर्नुभएको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र रासस कर्मचारी सङ्घका कार्यवाहक अध्यक्ष पवित्रा गुरागाइँले कर्मचारीको वृत्ति विकास एवं हकहितका बारेमा सबैसँग समन्वय र सहकार्य गरी काम गर्न व्यवस्थापन पक्षसँग माग गर्नुभएको थियो । रासस




भर्खरै