२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनरुवामा चलचित्र महोत्सव शुरु, दुई दर्जन चलचित्र प्रदर्शन गरिने



अ+ अ-

इनरुवा । सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव शुरु भएको छ । प्रदेश १ का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सवको उद्घाटन गर्नुभएको हो ।

फागुन १७ गतेसम्म चल्ने महोत्सव इनरुवा नगरपालिकाको संयोजनमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा इनरुवामा योगदान पु¥याउने विभिन्न विधातर्फ उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । चलचित्र प्रदेशमा नै नभइरहेको अवस्थामा इनरुवामा जमर्को गरी प्रदेश स्तरीय चलचित्र महोत्सव गर्ने क्रममा विविध विधा र कार्यक्रसँगै आयोजनामा ल्याइएको बताइएको छ ।

आयोजकका अनुसार महोत्सवमा प्रदेश १ मा निर्माण गरिएका दुई दर्जन छोटा तथा लामा चलचित्र प्रदर्शन गरिनेछ । उत्सव तथा महोत्सवका अन्य कार्यक्रमहरुमा जातिय पहिरन प्रदर्शन, बेहुली सुन्दरी प्रतियोगिता, बेबी फेन्सी लगायतका प्रतियोगितासहित राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक प्रश्तुति हुनेछ ।