२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा २३ दशमलव ६० अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

यस्तै एक सय ७७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर रु एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख सात हजार सात सय ५४ बराबर रहेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ८२ लाख ५६ हजार सात सय ४० बराबरको कारोबार भयो । यस्तै साल्टटे«डिङ कर्पोरेशन रु ११ करोड ४८ लाख ४७ हजार नौ सय ४७, जीवन विकास लघुवित्त रु छ करोड ५५ लाख ५५ हजार तीन सय, एनआइसी एशिया बैंक रु पाँच करोड ५५ लाख ९१ हजार दुई सय एक र सानिमा बैंक रु चार करोड ६५ लाख ७६ हजार चार सय ६९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार राप्ती हाइड्रोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १७, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलब ९६, कालिका पावर कम्पनी दुई दशमलब शुन्य चार र एनएमबी–५० का लगानीकर्ताले दुई दशमलव शुन्य दुई प्रतिशतले कमाएका छन् ।

यस्तै जीवन विकास लघुवित्त नौ दशमलव १५, उपकार लघुवित्त सात दशमलव ४२, हिमालयन डिस्टिलरी पाँच दशमलव ३१, वीन नेपाल लघुवित्त पाँच र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले चार दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।




भर्खरै