२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार लामिछाने दुई विधामा पुरस्कृत



अ+ अ-

मनाङ । हिमाली जिल्लाको समाचार सम्प्रेषणमा संघर्षरत नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछाने पुरस्कृत भएका छन् । करिब एक दशक बढी मनाङबाट राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध भइ पत्रकारिता गर्दै आएका लामिछाने दुई विधामा पुरस्कृत भएका हुन् ।

राससले ६२औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट समाचार लेखनमा उमाकान्त(गीतादेवी(चन्द्रमणी रजौरे स्मृति पुरस्कार र उत्कृष्ट फोटो पत्रकार २०७८ बाट पुरस्कृत गरेको हो ।

मिछानेले यससङ्गै विविध पुरस्कर तथा सम्मान पाइसकेका छन् । हिमपात, बाढीपहिरो लगायतका जोखिममा पत्रकारिता गरी जिल्लाको प्रचारप्रसार गर्दै विश्वमाझ चिनाउन योगदान पुगेको बताइएको छ ।

उनले विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल ३७ पटक पुगेर स्थलगत रिपोर्टिङ गरेका छन् भने विश्वको १०औं स्थानमा पर्ने पदमार्गको थोराङ पास १७ पटक पुगेर स्थलगत रिपोर्टिङ गरेका छन् ।