काठमाडौं । आज बजारमा सुनको मुल्य स्थिर छ ।
हिजो (आइतबार) प्रतितोला रु ९० हजारमा ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) पनि सोही मुल्य (प्रतितोला रु ९० हजार ५ सय) मा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि हिजो (आइतबार) कै मुल्य प्रतितोला रु ९१ हजार कायम भएको छ ।
यता चाँदीको मुल्य पनि प्रतितोला रु १३२५ रुपैयाँमा कायम भएको छ ।







