२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: लाइप्जिगसँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



अ+ अ-

एजेन्सी । च्याम्पिन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । बुधबार राति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब आरबी लाइप्जिगसँग उसको मैदानमा १–१ गोलको बराबरी खेलेको हो ।

खेलको २७ औं मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा जोस्को जिमार्डिओलले गोल गर्दै घरेलु टोली लाइप्जिगलाई हारबाट जोगाए ।

अब यी दुई टोलीबीच दोस्रो लेग मार्च १५ मा सिटीको घरेलु मैदानमा हुनेछ ।