३ असार २०८३, बुधबार
,
Latest
स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसम्मत भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु– माधव नेपाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पदलोलुप देखिएर आफू राष्ट्रपति नहुने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेमटमा उहाँले सर्वसम्मत भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको बताइएको छ ।

“पदलोलुप देखिएर राष्ट्रपति हुन्न, सर्वसम्मति भए उम्मेदवार हुन्छु”, बैठकमा सहभागी एक नेताले नेपाललाई उद्धृत गर्दै भन्नुभयो । नेता नेपाललाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको थियो ।

बिहीबार नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीबीच यसै विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री प्रचण्डले पनि नेपालको प्रस्तावमाथि छलफल गर्ने जवाफ दिनुभएको थियो ।