२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपालाई उपराष्ट्रपति दिने विषयमा माओवादी केन्द्र सकारात्मक: अध्यक्ष यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । छलफलका क्रममा आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उहाँले बताउनु भयो । उहाँले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयहरुमा हामीले आफ्नो धारणा राख्ने काम गर्‍यौँ । माओवादी अत्यन्त सकारात्मक हुनुहुन्छ । सरकारलाई गतिशिल बनाउने कुराहरु फेरी अन्यत्र पनि जोडिएका छन् । अहिलेको सरकार त हामी बाहेकको सरकार न हो । एमाले र माओवादी लगायतका पार्टीहरुको सहकार्यमा बनेको सरकार हो । त्यसको विषय के हो त ? अब कहीँ न कहीँ एउटा किनारा त लाग्नुपर्‍यो । कि यता कि उता । त्यसका विषयमा पनि छलफल हुने आउने दिनमा । माओवादीहरु, प्रचण्डजीहरु जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’

अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दापनि नेपाली काँग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उल्लेख गर्नुभयो । दाहालले आगामी दिनमा काँग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘प्रचण्डले अहिले कांग्रेसलाई पनि समेटेर लानुपर्छ भन्ने उहाँको हो । काँग्रेसलाई पनि समेट्नुपर्ने अवस्था हो । सहकार्य गर्नुपर्छ र जे गर्दापनि काँग्रेसको पनि समझदारी चाहिन्छ भन्नुभयो । काँग्रेसलाई पनि सहमतीमा लिएर जानुपर्दछ भन्ने उहाँको इच्छा हो ।’
साँझमा पुन: प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरु छलफलमा जुट्ने उहाँले जानकारी दिनुभयो ।