चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी समारोहका लागि बेइजिङमा झिलिमिली बिजुलीले सजाइएका घरहरू र आकाशमा बिजुली चम्किँदा देखिएको दृश्य। शतवार्षिकी समारोहमा राष्ट्रपति सी जिनपिङले चीनलाई धम्क्याउने विदेशी मुलुकको 'टाउको फोडिदिने' चेतावनी दिएका थिए।
अमेरिकाको मायामि फ्लोरिडामा ढल्न पुगेको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा अझ पनि खोजी र उद्धार कार्य जारी छ। अझ पनि १४५ जना मानिस हराइरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले उद्धार कार्यका लागि एक महिनासम्म सङ्घीय सरकारले सहयोग उपलब्ध गराउने बताएका छन्।
भिक्टोरिया क्यानडास्थित ब्रिटिश कोलम्बिया संसद् भवन अगाडि राखिएको फोहराको पानीबाट शीतल लिन खोज्दै मानिसहरू। उष्ण लहरले क्यानडा र अमेरिकाका केही भागमा ५० डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो।
ड्यूक अफ केम्ब्रीज र ड्यूक अफ ससिक्स आफ्नी आमा डायना, प्रीन्सेस अप वेल्सको केन्सिङटन दरबारको द सन्कन गार्डेनमा अनावरण गरिएको मूर्ति अवलोकन गर्दै। राजकुमार विलियम र ह्यारीले आफ्नी आमाको ६० औँ जन्मजयन्तीका अवसरमा उक्त मूर्ति संयुक्त रूपमा अनावरण गरेका हुन्।
लहोर पाकिस्तानको गर्मी दिनमा रवि नदीको किनारै किनार भैँसीहरूको पछि पछि हिँड्दै गरेका एक किसान।
इथियोपिया मिकेलीमा लडाकु फौजले नियन्त्रण जमाएपछि टिग्रे झण्डाको रङ पोतिएको घोडामा सवार एक मानिस। टिग्रे पीपल्स लिबरेशन फ्रन्ट र सरकारी फौजबीच भएको लडाइँमा हजारौँ मानिसको मृत्यु भएको छ।
क्यानडा दिवसकाका दिन टोरन्टो ओन्टारियोमा सहभागी आदिवासी कलाकार ड्यानियल मिगवान्स। बुधवार ब्रिटिश कोलम्बियाको एक पूर्व आवासीय स्कूलको चउर नजिकै१८२ वटा कुनै पहिचान नभएका आदिवासीको चिहान फेला परेको थियो। अनुसन्धान जारी रहेकाले थप त्यस्ता चिहान फेला पर्न सक्ने अपेक्षा गरेको आदिवासी नेताहरूले बताएका छन्।
इङल्यान्डका क्याप्टेन ह्यारी केन ९दायाँ० लन्डनको वेम्ब्ली रङ्गशालामा यूईएफए युरो २०२० फुटबल प्रतियोगितामा जर्मनी विरुद्ध दोस्रो गोल हाल्दै, त्यसपछि इङ्गल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको छ।












