५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ– राजदूत डा. खतिवडा



अ+ अ-

वाशिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पुर्याएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको सहयोग स्मरणीय छ ।” 

शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गर्नुभयो । 

खतिवडाले गैर आवासीय सङ्घको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताउनुभयो । ‘एक पटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षलाई ऐनमार्फत सम्बोधन गरिने समेत उहाँको भनाइ थियो । 

अमेरिकामा रहेका नेपालीहरूले यहाँको मूलधारको राजनीतिमा समेत सहभागिता जनाएर निर्वाचित भई सेवा गर्ने  अवसर पाउनु महत्वपूर्ण उपलब्धि भएकोप्रति राजदूत खतिवडाले खुशी व्यक्त गर्नुभयो । खतिवडाले गैरआवासीय नेपालीले आफूले हासिल गरेको बौद्धिक सीप र ज्ञानलाई मातृभूमिको विकासका लागिसमेत प्रदान गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकाले नेपाली मूलका अमेरिकीहरूलाई सहजपनबाट बाहिर आएर अमेरिकाको मूलधारमा समाहित हुन आग्रह गर्नुभयो । उहाँले अमेरिकामा रहेका नेपालीहरूले अझै धेरै काम गर्न बाँकी नै रहेको बताउनुभयो । 

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डाबद्री केसी,उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा,सचिव गौरी जोशी, उत्तर अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी मञ्चका प्रभु थापा, एनआरएन अमेरिकाका संरक्षक डा केशव पौडेल, पूर्वअध्यक्ष खगेन्द्र जिसी, नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेलगायत आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

यसैबीच समितिका नवनिर्वाचित कार्यसमितिले सोही समारोहमा शपथ ग्रहण गरेको छ । एनसिसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको नेतृत्वमा रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, महिला उपाध्यक्षमा दीक्षा बस्नेत, उपाध्यक्षमा सुमन थापा, सचिवहरूमा अनुप खनाल, सुनिता सापकोटालगायत बोर्ड सदस्य तथा शाखाका अध्यक्ष एवं पदाधिकारीहरूले शपथ ग्रहण गर्नुभएको थियो ।