५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ। तर थप निषेधाज्ञा पनि थप खुकुलो नै बनाउँदै जाने बताईएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोली सोमबार सकिँदै छ । भोली सकिँन लागेसंगै सम्भवत आज बेलुकीसम्म पुनः काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त बैठक बसेर थप निषेधाज्ञासम्बन्धी निर्णय गर्नेछ । 

हाललाई पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ। त्यस्तै सार्वजनिक यातायातको हकमा जोर बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन्।

आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् । गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।