५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पुर्वानुमानः यी स्थानहरुमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ ।  मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश र  गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश  १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रही प्रदेश नं १, प्रदेश २ र गण्डकी  प्रदेशका  एक दुइ स्थानमा  धेरै भारी बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।