२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काकाको हत्या गरेर फरार रहेका भतिज पक्राउ



अ+ अ-

जलेश्वर । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए । वृद्धभत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

घटनालगत्तै विजेन्द्र फरार भएका थिए । लुकिछिपी बस्दै आएका उनलाई आइतबार राति पक्राउ गरिएको हो ।