५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि विपक्षी दल एमालेले कर्णाली प्रदेशसभा बैठक चल्न दिएन



अ+ अ-

सुर्खेत । गत जेठ २४ गतेबाट सुरू भएको कर्णाली प्रदेशसभाको आठौँ बैठक/बजेट अधिवेशन राम्रोसँग चल्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठकलाई अवरुद्ध गर्दै आएको छ ।

गत वैशाख ३ गते नेकपा एमाले माधव–खनाल पक्षका चार सांसदले पार्टीले लगाएको ह्वीपको उल्लंघन गदै फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। 

विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाहीले आफ्नो सरकार जोगाएका चार जना फ्लोर क्रस सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढामध्ये प्रकाश ज्वालाबाहेक बाँकी तीन जनालाई मन्त्री बनाएका छन् ।

फ्लोर क्रस गरेपछि उनीहरू चारै जना पार्टीको कारबाहीमा परेका छन् । उक्त सांसदहरुले पार्टीले हामीलाई अन्याय गर्‍यो हामी एमाले पार्टीमै बस्न पाउनुपर्छ भन्दै अदालतमा निवेदन दिएपछि गत जेठ २७ गते चारै जना सांसदलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको थियो।

चारै जना सांसद पुनर्वहाली भई एमाले पार्टीमै फर्किएपछि मन्त्री बनेका एमालेका तीनजना मन्त्रीले माओवादी नेतृत्वको सरकारबाट तत्काल राजीनामा दिई प्रमुख प्रतिपक्षको बेञ्चमा बस्न एमाले संसदीय दलले आग्रह गरेको छ । 

तर तीनै जना मन्त्रीले उक्त निर्देशनको पालना नगरी सत्ता पक्षको बेञ्चमा बसेको र सरकारबाट राजीनामा नदिएकोले प्रदेशसभा बैठक अवरुद्ध हुनुको मुख्य कारण यही बनेको छ।

शुक्रबार बसेको कर्णाली प्रदेशसभा बैठक पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाएर अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नै शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश नै गर्न नदिएर आठौँ अधिवेशनको १४ औँ बैठक पनि अवरुद्ध गरको हो ।

असार २४ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।