५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुवास नेम्वाङ र सीके राउतबीच भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।

शुक्रबार पार्टीका नेताहरुसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग भेटगरी राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गर्नु भएको हो । राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरुको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताउनु भएको भेटमा सहभागी एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।

गुरुङका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंशा गर्नु भएको थियो । एमालेका नेताहरुले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए । एमाले उपमहासचिव गुरुङले भन्नु भयो, ‘हामीले जनमत पार्टीका अध्यक्षज्यूसँग हाम्रो पार्टीका तर्फबाट उम्मेदवार बनाइनु भएका पूर्व सभामुख, संविधानसभाका अध्यक्ष, हाम्रो पार्टीको पनि उपाध्यक्ष माननीय सुवाष नेम्वाङको बारेमा उहाँलाई बतायौं ।

हाम्रो पार्टीको उम्मेदवारलाई जिताउनका लागि उहाँहरुसँग पनि सहयोग माग्यौं । उहाँहरुको सदभाव, आर्शिवाद चाहियो हामीले भन्यौं । हाम्रो मागमा जनमत पार्टीको अध्यक्ष चन्द्रकान्त राउतजीले जनमत पार्टी मेनट्रिम हुने बेलामा पनि हाम्रो अहिलेको वर्तमान उम्मेदवार सुवाषचन्द्र नेम्वाङको महत्वपूर्ण भूमिका रहेको र सदभाव भएको, उहाँले सहयोग गर्नु भएको, उहाँलाई नेशनल युनिटीको उपयुक्त पात्र देखिनु भएको छ । त्यसमा चाँही उहाँले आफ्नो पार्टीको तर्फबाट अहिले नै निर्णय भईनसकेको तर उहाँप्रतिको उहाँहरुको सदभाव, उहाँप्रति उहाँको शुभकामना छ भन्नु भएको छ । उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं उहाँले भन्नु भएको छ ।’

यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरुले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरुलाई बताउनु भएको थियो । संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत माग्नु भएको र आफूले पार्टी भित्र छलफल गरेर जवाफ दिने कुरा गरेको उहाँले बताउनु भयो ।

अध्यक्ष राउतले भन्नु भयो, ‘अव राष्ट्रपतिमा उहाँले उम्मेदवारी दिनु भएको छ । त्यही मत माग्नका लागि उहाँ आउनु भएको थियो । त्यस विषयमा आफ्नो योगदानको उल्लेख गर्दै संविधान जारी गर्दाको बेलाका योगदान उल्लेख गर्दै, संविधानको संरक्षणमा पनि राम्रो भूमिका निर्वाह गर्न सक्नु हुन्छ भनेर कुरा बताउँदै उहाँले मत माग्नु भएको हो । हामीले पनि अव छलफल राख्छौं । अनि मात्रै जवाफ दिन्छौं भनेर अहिले भनेका छौं ।’

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका लागि काँग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी केन्द्रसहितका ८ राजनीतिक दलहरुको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।