९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठ कतार प्रस्थान



अ+ अ-

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अतिकम विकसित मुलुक (एलडीसी)को सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

भ्रमणमा टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, माननीय जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव गणेशप्रसाद पाण्डे, मधुकुमार मरासिनी, केवलप्रसाद भण्डारी, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत रहनुभएको छ ।

मार्च ५ देखि ९ सम्म हुने सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ ७ मार्चमा फर्कने कार्यक्रम तय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो । रासस