काठमाडौं । विपक्षी गठबन्धन सम्वद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।
शुक्रबार बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले शनिबार ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने भएको हो ।
यसका साथै विद्यार्थी संगठनहरुले असार २० गते विद्यार्थी आन्दोलनका पूर्वअध्यक्षहरूसँग प्रतिगमनविरुद्ध अन्तरक्रिया गर्ने भएका छन् ।
यस्तै विद्यार्थी संगठनहरूले असार २१ गते संविधान जोगाउन माइतीघर मण्डलासहित देशभर संविधान प्रति प्रदर्शन गर्ने भएका छन् ।













