काठमाडौं । आज बजारमा सुनको मुल्य पुनः बढेको छ। सुनको मुल्य तोलामा रु ५ सयले बढेको हो ।
हिजो (बिहिबार) प्रतितोला रु ९० हजारमा ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (शुक्रबार) रु ५ सयले बढेर प्रतितोला रु ९१ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९० हजार ८ सय कायम भएको छ ।
यता चाँदीको मुल्य पनि प्रतितोला रु १३१० रुपैयाँमा कायम भएको छ ।







