५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकास गर्न सकिदैन- राजबहादुर गिरी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताउनुभएको छ । 

बिहीबार राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा सपथ ग्रहण गरेसँगै न्यूज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदैँ सदस्य गिरीले नेपालमा प्रशस्त स्रोत र साधन भएको बताउनुभयो । 

स्रोत र साधनलाई विकासमा रुपान्तरण गर्न परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्नुपर्ने तर्क उहाँको थियो । उहाँले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गरी देशलाई विकासको बाटोमा अगाडी बढाउन आफ्नो ध्यान केन्द्रीत रहने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीसँग प्रशस्त स्रोत, साधनहरु छ । 

स्रोत–साधनलाई विकासमा कसरी रुपान्तरण गर्ने यो कुरामा जबसम्म समुदायका मानिसहरुलाई परम्परागत ज्ञान, भइरहेको सिप, आधुनिकीकरण गरेर अघि बढ्न सक्दैनौँ । तबसम्म विकासमा हामी अगाडी बढ्न सक्दैनौँ । यो कुरामा रुपान्तरणका लागि मेरो ध्यान रहनेछ ।’

उहाँले आफ्नो विज्ञता, योग्यता र अनुभवहरु राज्यको विकासका योजना बनाउने कामका लागि महत्वपुर्ण हुने वश्वास व्यक्त गर्नुभयो ।