२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–टूः घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ ।

क्यानले मंगलबार साँझ घोषणा गरेको टिममा ओपनर कुशल भुर्तेल फर्किएका छन् भने सन्दीप जोरालाई वैकल्पिकमा राखिएको छ ।

नेपाल, यूएई र पिएनजी सम्मिलित लिग–२ को अन्तिम सिरिज फागुन २५ देखि नेपालमा हुँदैछ । यो सिरिज नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग–२ बाटै एकदिवसीय मान्यता जोगिनेछ ।

अर्कोतर्फ चारै खेलमा जित हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ । सिरिजमा नेपालले फागुन २५ मा पिएनजी, फागुन २८ मा यूएई, फागुन २९ मा पुनः पिएनजी र चैत २ मा पुनः यूएईसँग खेल्नेछ ।

यसअघि नेपालले फागुन पहिलो साता घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियाबीच सम्पन्न सिरिजको चारै खेलमा जित हात पारेको थियो ।

नेपाली टिम:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी
वैकल्पिकः सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद