२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै दलहरू एक ठाउँमा उभिनुपर्छ– सुभाष नेम्वाङ(भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुभाषचन्द्र नेम्वाङले सबै राजनीतिक दलहरू एक जुट भएर एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै नेम्वाङले आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने बताए ।

नेम्वाङले देश र जनताका अगाडि ठूलो चुनौती रहेकोले राजनीतिक दलहरू एक जुट हुनुपर्ने बताए । ‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ ।’,उनले भने, ‘सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’