२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङद्वारा एकअर्कालाई दिए शुभकामना



अ+ अ-

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवारद्वया रामचन्द्र पौडेलले र सुवास नेम्वाङले एकअर्कालाई शुभकामना दिनुभएको छ । बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गर्नुभएको हो ।

बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा राष्ट्रपति चयनका लागि मतदान सुरु भएको हो । मुलुकको तेस्रो राष्ट्रपतिका लागि निर्वाचनमा दुई पूर्वसभामुख पौडेल (कांग्रेस) र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको मात्रै भर छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल सकिँदै छ । निर्वाचन आयोगले उहाँको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । मतदान बिहान १० बजे सुरु भई अपराह्न ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने बताएको छ।




भर्खरै