२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता



अ+ अ-

फ्लोरिडा । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । 

मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिनु भएको वक्तव्यमा बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन कठिन भइरहेको जानकारी दिनुभयो । 

उद्धारकर्ताहरुले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्फसाइडमा भएको उक्त दुर्घटना स्थलको बिहीबार निरीक्षण गर्नहुने भएको छ । 

गत बिहीबार मियामी समुद्र किनारामा रहेको एउटा ठूलो भवन एक्कासी भत्किएको थियो । भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन ।

तर, सन् २०१८ मा दिइएको प्रतिवेदनले भवनको संरचनामा कमजोरी रहेको देखाएको छ । (रासस–एएनआई)