२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) नेतृत्वको १० दलीय गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ । बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।

कार्यदलको संयोजकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सदस्यहरुमा गठबन्धनका सबै दलका दोस्रो तहका नेताहरु हुनुहुन्छ । संयोजक खड्काले शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कार्यदलको बैठक बोलाउनुभएको छ ।

सत्ता गठबन्धनबाट कसलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने भन्नेबार कुनै निर्णय भइसकेको छैन । कार्यदलको बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयन, मनोनयन दर्ता र निर्वाचनको तयारीका विविध विषयमा छलफल हुने बताइएको छ ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । सत्ता गठबन्धनको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।