२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्लोभाकियामा उड्ने कारको ३५ मिनेटको उडान परीक्षण सफल



अ+ अ-

एजेन्सी । हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ। आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ।

यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ। यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ।

कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ। यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ। आमन्त्रित पत्रकारहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लगे।

सोमवार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भने। हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो।

कुल २०० किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुई जना यात्रा गर्न सक्छन्। तर परीक्षण चरणमै रहेको ड्रोन(ट्याक्सी जस्तो यो सीधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग चाहिन्छ। चलचित्र र कथाहरूमा थुप्रै देखाइने हवाई कारलाई भविष्यको यातायातका रूपमा चित्रण गरिन्छ।

सन् २०१९ मा मोर्गन स्ट्याने कम्पनीले हवाई कारको बजार सन् २०४० मा १५ खर्ब अमेरिकी डलर बराबरको हुनसक्ने अनुमान गरेको थियो। मङ्गलवार एउटा कार्यक्रमका हुन्डाई मोटर्स युरोपका प्रमुख अधिकृत माइकल कोलले हवाई कारको सोच ुहाम्रो भविष्यको एउटा अंशु रहेको बताएका छन्।

क्लेन भिजनले दुई वर्ष लगाएर '२० लाख युरोभन्दा कम खर्चमा' एयरकार निर्माण गरेको बताएको छ। क्लेन भिजनका एक सल्लाहकार र लगानीकर्ता एन्टोन राजाकले एयरकारले वायुसेवा वा गाडी बिक्रीको सानो बजार मात्रै पाए पनि धेरै सफल हुने बताए।

'अमेरिकामा मात्रै ४० हजार विमानको माग छ,' उनले भने। 'हामीले यसको पाँच प्रतिशत मात्रै हवाई कारमा ल्याउन सक्यौँ भने हाम्रो लागि ठूलो बजार हुनेछ।' वेस्ट अफ इङ्गल्यान्डमा विमान र हवाई उड्डयन अध्ययनकर्ता डा. स्टेफन राइटले एयरकारलाई सानो निजी विमानको उत्तराधिकारी बताए।

उनको विचारमा अन्य विमानको तुलनामा यी हवाई कारहरू ठूलो आवाज निकाल्ने वा महँगो हुँदैनन्। 'यो निकै राम्रो देखिन्छ तर यसको सुरक्षा र अन्य विषयमा मसँग सयौँ प्रश्नहरू छन्।'

'विमान त जसले पनि बनाउन सक्छ तर उपयोगी त्यो हो जुन यात्रु लिएर बिना दुर्घटना लाखौँ घण्टा चल्न सक्छ।' 'म यो उडानको लागि र बिक्रीका लागि सुरक्षित भएको कागजात हेर्न व्यग्र छु।'