२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो ।

नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार दुई सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३८ दशमलव २० र निर्जीवन बीमा समूहको उपसूचक एक सय १९ दशमलव १२ अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ५३, विकास बैंक समूह ५२ दशमलव १३, वित्त समूह २८ दशमलव ७८ र होटल तथा पर्यटन समूह ३१ दशमलव ३३ अङ्कले घटेको छ ।

त्यसैगरी जलविद्युत् समूह ३८ दशमलव ०७, लगानी समूह एक दशमलव पाँच, उत्पादन तथा प्रशोधन समूह १७ दशमलव ८६, लघुवित्त समूह ३० दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार समूह २४ दशमलव ८७ र अन्य समूह आठ दशमलव ८१ अङ्कले घटेको छ ।

आज २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ अङ्कले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर– २०८३ को शेयर मूल्य छ दशमलव ५५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू आठ करोड २१ लाख ५८ हजार नौ सय ४३ बराबरको एक लाख ८१ हजार दुई सय ३४ कित्ता शेयर कारोबार भएको छ ।रासस




भर्खरै