२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौँ । चैत्र २ गतेदेखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी निफले यस बारेमा जानकारी गराएको हो । निफले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनु भयो । उहाँले महोत्सवको तयारीका लागि निफ टिम विगत तीन महिना यता लागिपरेको बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षित रुपमा सफलता पाइरहेको बताउनु भयो । उहाँले निफ असाध्यै महत्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मीहरु सहभागी हुन र चलचित्र हेर्नका लागि दर्शकहरु पनि उपस्थित हुनुपर्ने बताउनु भयो । उहाँले चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर वचनवद्धता गर्ने आशा राखेको बताउनु भयो ।

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले उहाँले यस पटकको महोत्सवमा ५० जना भन्दा बढी फिल्म मेकरहरु बाहिरि देशहरुबाट आउने बताउनु भयो । उहाँले निफलाई विश्वास गरेर विगत झैँ यस पटक पनि राम्रा फिल्म र फिल्म मेकरहरुले मेलामा सहभागीता जनाउने वचनवद्धता दिएको बताउनु भयो । उहाँले मेलाले फिल्मकर्मीहरुबीच छलफल र भेटघाटको अवसर मिल्ने बताउनु भयो ।

५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले बतायो । यी चलचित्रको प्रदर्शन चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ । ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन हुनेछ । उल्लेखित सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।