२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप बढेको छ। आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको छ। यससँगै रोग प्रसारको जोखिम भने बढेको छ। विज्ञहरू भन्छन्, ‘सावधानी अपनाउनु अत्यावश्यक छ।’ 

भाइरोलोजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बासुदेव पाण्डेका अनुसार, अहिले कोरोना संक्रमणको ‘चेन ब्रेक’ भएको छैन। संक्रमणको जोखिम कायमै छ। ‘चेन ब्रेक भएर आवागमन खुला गरिएको होइन’, डा. पाण्डेले भने, ‘संक्रमणको जोखिम हटेको छैन। बाहिर निस्कँदा सतर्कता अपनाउनै पर्छ।’

काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। अब २५ सिट क्षमताभन्दा माथिका बस जोर–बिजोर प्रणालीका आधारमा चल्नेछन्। चालक, सहचालक र यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।