८ असार २०८३, सोमबार
,
Latest
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सांसद बर्तौलाको प्रश्नः ‘यो सरकार कसको हो ?’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले यो कसको सरकार हो भन्दै प्रश्न उठाएका छन् ।

आइतबारको संसद्को शून्य समयमा बोल्दै बर्तौलाले किसानलाई दिँदै आएको अनुदान काट्ने, मूल्यवृृद्धि चरम अवस्थामा पुग्दा पनि अझ मूल्य वृद्धि गर्ने सरकारले कसको प्रतिनिधित्व गर्छ भन्दै प्रश्न उठाएका हुन् ।

उनले प्रश्न गरे “यो कसको सरकार हो ? कसका लागि काम गरिरहेको छ ? नेपालका किसानहरूलाई एक बोरा मल समेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी मलमा मूल्यवृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेसम्म नेपाली जनताले यो प्रकारको अन्याय सहनुपर्ने हो ।”

सांसद बर्तौलाले अगाडि भने ‘भूमिहिन सुकुम्बासीले जग्गाधनी प्रमाणपत्र पाउने मितिसमेत थाहा छैन । उनीहरूले कहिलेसम्म जग्गाधनी प्रमाणपत्र पाउँछन् भनी म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’