२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागकि र उड्डयनमन्त्रीको शब्द रचना रहेको गीन ‘पहराकी फूल’ सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ठूलो बलिदानबाट गणतन्त्र ल्याइएको भएपनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताउनु भयो । उहाँले आफू मन्त्री भएको ६२ दिन भएको तरपनि उल्लेख्य काम गर्न अझै नसकिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र त ल्याइयो तर समाजमा अझै गणतन्त्रको जरो गाड्न सकिएको रहेनछ, म मन्त्री भएको ६२ दिन भयो, यो बीचमा गाडी छ, गुरु जी छ, इन्जिन छ, तेल पनि छ, स्टार्ट पनि हुन्छ तर धुवाँ मात्रै छोड्छ हल्ला मात्रै गर्छ अघि बढ्दै बढ्दैन, पछि झरेर आफैँले ठेल्नुपर्छ ।’

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले गीत धेरै नै राम्रो रहेको बताउनु भयो । उहाँले आफूले भोगेको समयलाई गीतमार्फत छोटो समयमा देखाएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै निर्देशक शान्तिराम राईले चुनावअघिबाट गीत शुरु गरेपनि आज आएर गीत सार्वजनिक गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्नुभयो ।

गीतमा रुपकुमार राईको स्वर रहेको छ भने शब्द मन्त्री किराँतीको रहेको छ । भिडियोमा अभिनेता राईसँगै वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ ।