५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका सिडिओको बैठक बस्दै



अ+ अ-

काठमाडौं । काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ । निषेधाज्ञाबारे थप निर्णय लिनको लागि  सिडिओहरुको बैठक बस्न लागेको हो । सिडिओहरुको बैठक आइतबार पनि बसेको थियो तर बैठकले ठोस निर्णय लिन नसकेपछि पुनःआज बैठक बस्न लागेको हो ।

जारी निषेधआज्ञाको समय आज (सोमबार) सकिँदै गर्दा तीन जिल्लाका स्थानिय प्रशासनले केही मापदण्ड बनाएर अब भने सार्वजनिक यातायात संञ्चालन गर्न दिने तयारी पनि गरेको छ । एक साता देखी ट्याक्सीलाई जोर–विजोरका आधारमा संञ्चालन गर्न अनुमति दिईएको थियो । यसै गरी पसलहरुलाई पनि बर्गिकरण गरेर संञ्चालन गर्न स्थानिय प्रशासनले  अनुमति दिएको थियो ।

तर सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै राख्दै  सार्बजनिक स्थानमा  धेरै मानिस भेला हुन रोक लगाउने निर्णय भने यथावत रहने छ ।