२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका ३४ प्रयोगशालामा कोरोना संक्रमणको परीक्षण हुनै छाड्यो



अ+ अ-

काठमाडौं । देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ ।

जसमध्ये पछिल्लो २४ घण्टामा ३४ प्रयोगशालाबाट एक जनाको पनि कोरोना परीक्षण नभएको देखिएको छ । यसरी हेर्दा केही दिनयता कोरोना परीक्षण निकै घटेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा कोसी अस्पताल विराटनगर, न्युरो कोभिड अस्पताल विराटनगर, धनकुटा अस्पताल, नारायणी अस्पताल वीरगन्ज, जलेश्वर अस्पताल, सिराहा अस्पताल, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण नै नभएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

यस्तै, वीरेन्द्र अस्पताल छाउनी, केएमसी अस्पताल काठमाडौं, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौं, हेटौंडा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल नेपालगन्जमा पनि पछिल्लो २४ घण्टामा एक जनाको पनि कोरोना परीक्षण हुन सकेन । यो समाचार आजको राजधानी दैनिकमा छ ।