२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल जस्तो साहसिक प्रधानमन्त्री कमै मुलुकले पाउछ : प्रदीप यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंशा गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले दाहाल साहसिक प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दावी समेत गर्नु भयो । सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गर्नु भयो ।

उहाँले विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन गरेर अघि बढन प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराउनु भयो । सांसद यादवले भन्नु भयो, ‘आज आम नेपाली जनताले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक व्यक्त गर्नु भएको प्रतिवद्धता कार्यान्वयन चाहेको छ । म उहाँको प्रतिवद्धताको कार्यान्वयनमा सफलता मिलोस भन्ने कामना गर्न चाहन्छु ।

पुष्पकमल दाहालजस्तो साहसिक प्रधानमन्त्री कमै पाईन्छ । यिनका मनमा केही रहँदैन । प्रष्ट बोल्ने, प्रष्ट कुरा राख्ने । र, अहिले मुलुकमा जुन प्रकारको संकट परेको छ । मुलुकमा जुन प्रकारको अर्थतन्त्रमा तरलता आएको छ । यो अवस्थामा हामी सबै मिलेर सम्माननीय प्रधानमन्त्रीजीलाई मतदान गरौं । म अनुरोध गर्न चाहन्छु ।’

सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिवद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उहाँले सो काममा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो । उहाँले महंगी नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।