५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपी प्रतिष्ठानका उपकुलपति गिरिलाई ३ दिनभित्र हाजिर हुन नागरिक सञ्जालद्वारा अल्टिमेटम



अ+ अ-

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरिलाई धरानका राजनीतिक दल र नागरिक दबाब सञ्जालले ३ दिनभित्र प्रतिष्ठानमा हाजिर हुन अल्टिमेटम जारी गरेका छन् ।

राजनीतिक दल र नागरिक दबाब सञ्जालले उपकुलपति गिरिले प्रतिष्ठानलाई अस्तव्यस्त अवस्थामै छोडेर १८ दिनदेखि लापता भएको भन्दै ३ दिनभित्र सम्पर्कमा आएर वार्ता गर्न अल्टिमेटम दिएका हुन् ।

सञ्जाललाई साथ दिँदै धरानका ९ राजनितिक दलले पनि प्रतिष्ठानमा देखिएको सबै खाले विकृति, विसंगति र अनियमितता अन्त्यका लागि जस्तोसुकै कदम पनि चाल्न तयार रहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिष्ठानको विधानअनुसार उपकुलपतिलाई सर्वेसर्वा बनाएको छ । बाँकी तीन पदाधिकारी उपकुलपतिले दिएको अधिकारको आधारमामात्र चल्नुपर्ने बाध्यता भएपछि डा. गिरिको अनुपस्थितिमा हालसम्म कुनै वार्ता हुन नसक्दा आक्रोशित बनेका संघर्ष समितिले सवारी साधनको चाबी नियन्त्रणमा समेत लिएका छन् ।