२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको १४ औं महाधिवेशन : यसरी बनाउँदै छन् नेताहरुले समीकरण



अ+ अ-

काठमाडौं । नेपाली  काँग्रेसको  १४ औं  महाधिवेशनको  मिति  नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण,  समूह  तथा  गुट–उपगुटको  क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा  नेतृत्वमा  स्थापित  हुन  पार्टीका  शीर्ष  नेताहरूले  सुरु  गरेको  राजनीतिक  सक्रियताले  पुराना  आन्तरिक  गुट  भत्कँदै  नयाँ  समीकरण  निर्माणतिर  अग्रसर हुन थालेको छ । 

पार्टी महाधिवेशन हुने  निधो  भएपछि  सभापति  शेरबहादुर  देउवाले  सभापतिमा  पुनः  दोहोरिने  घोषणा  गर्दै आन्तरिक भेटवार्ता तीव्र पारेसँगै अन्य नेताहरू  गुट–उपगुटको  चियाचमेनामा  क्रियाशील हुन थालेका हुन् । 

सभापति  देउवाको  यसअघिको  समूहबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पाका नेता गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने दाबी गरेपछि त्यस गुटमा पराकम्प जान थालेको छ तर नेता श्रेष्ठको उम्मेदवारी  बार्गेनिङका  रूपमा  मात्रै  हो  भन्नेहरू पनि छन् । 

यो  अवस्थामा  निधिबाहेक  देउवाले  आफ्नो पुरानो समूहलाई एकढिक्का राख्न सक्ने अरू गुटकै सदस्य भन्ने गर्छन् । निधि बाहिर भए पनि पुरानालाई समेट्दा देउवाको पल्ला  तल  नझर्ने  विश्लेषण भीमसेनदास  प्रधानको छ । उनी अघिल्लो महाधिवेशनमा पहिलो  चरणमा  कृष्णप्रसाद  सिटौला  र  दोस्रो  चरणमा  देउवा  नेतृत्वलाई  सभापति  बनाउनेमा पर्छन् । ऐतिहासिक  ुलिगेसी’  जोडिएका  तीन  जना नेता निरन्तर भेट्न थालेपछि त्यसको चर्चा  पनि  बढ्न  थालेको  छ  ।

बीपी  कोइरालाका  पुत्र  महामन्त्री  डा.  शशाङ्क  कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह  र  नेता  महेन्द्रनारायण  निधिका  पुत्र  विमलेन्द्र  निधिबीच  शुक्रबार  कोइराला  निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । यो एक सातामा दोस्रो भेट हो । यसअघि  निधिको  निवासमा  यसै  साता मात्रै तीन जना नेताका बीच पार्टीको महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर लञ्च मिटिङ भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।