२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनिशा हमालको ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक



अ+ अ-

काठमाडौं । अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन् । ‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो फिल्म ‘छक्का पन्जा ४’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्ममा पत्रकारको भूमिकामा देखिएकी बेनिशाले कामको राम्रै तारिफ पाएकी छन् ।

फिल्म ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यू गरेकी बेनिशाले त्यसयता झण्डै १४ फिल्ममा अभिनय गरिसकेकी छन् । १२ फिल्मको अभिनय पछि उनले निर्देशनमा ‘डेब्यू’ गरेकी हुन् । यो सर्ट फिल्ममा बेनिशाकै लेखन रहेको छ ।

बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ ।

केदार भुषाल कार्यकारी निर्माता रहेको फिल्ममा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन, किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन, आशिष पुडासैनीको प्रोडक्सन, नविन अवालको कला निर्देशन छ ।

यो सर्ट फिल्म सिनेमाघर एपबाट मोबाइल, ट्याब्लेट, आइप्याड र विभिन्न स्मार्ट टिभिमा विश्वभर बाट हेर्न सकिन्छ ।