२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सांसद र मन्त्रीको स्वकीयको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलब बढाइयोस्’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय खेलाडीहरुको तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले सांसद एवं मन्त्रीहरुको स्वकीय सचिवको भन्दा खेलाडीको तलब कम भएको बताउँदै स्वकीयहरुको तलब कटौती गरेर खेलाडीहरुको तलब वृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनले भने – ‘मन्त्रीज्यूका स्वकीय सचिवका भन्दा कम तलबमा राष्ट्रिय खेलाडीहरु खेलिरहेका छन् । हामी सबै सांसद एवं मन्त्रीहरुका स्वकीयका तलब कटौती गरेर भएपनि खेलाडीहरुको तलबमा वृद्धि गरियोस् । रंगशाला निर्माण गरियोस् । बजेट अगाडि बढाइयोस् ।’

यस्तै सांसद शाहीले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सुजल श्रेष्ठ लगायत खेलाडी अष्ट्रेलिया पलायन भएकोमा चिन्ता समेत व्यक्त गरे ।