२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरिएला कांग्रेसमा नेतृत्व ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्द्र पौडेलसहित सबै प्रभावशाली नेताले नेतृत्वमा दाबी गरेका हुन्।

भेलामा १३ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित पौडेलले १४औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बन्ने अवसर दिनुपर्ने बताए। निकटहरूलाई गोलबद्ध गरेर नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रन पौडेललाई हम्मेहम्मे पर्ने विश्लेषण भइरहेका बेला आयोजित संस्थापन इतर भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, शेखर कोइराला र सुजाता कोइरालाले पनि नेतृत्वका लागि दाबी पेस गरे।

महत र केसीले नेतृत्वका लागि दाबी पेस गर्दै सहमतिका लागि भने बाधक नबन्ने बताए। संस्थापन इतर समूहबाट एकभन्दा बढी उम्मेदवार भए आफूहरू पनि उम्मेदवार बन्ने महत र केसीले बताएका थिए। पौडेलले आफू र सभापति देउवालाई एकै ठाउँमा राखेर नहेर्न भन्दै नेतृत्वमा पुग्न सहयोगका लागि आग्रह गरेको स्रोतको दाबी छ। पौडेलले सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी आफ्नो चाहना रहेको बताएको जानकारी एक सहभागीले दिए। 

महामन्त्री शशांकले पार्टी नेतृत्वका लागि आफू स्वाभाविक दाबेदार रहेको बताउँदै तीन नेताबीच भइरहेको छलफलको जानकारी भेलालाई गराएका थिए। पूर्वमहामन्त्री सिंहले आफूले नेतृत्वको प्रतिस्पर्धामा रहेको जानकारी नेताहरूलाई धेरै पहिलादेखि गराउँदै आएको बताउँदै कार्यकर्ताले अब देउवाबाट मात्र होइन, पौडेलबाट पनि पार्टी चल्दैन भन्न थालेको धारणा राखेका थिए।

नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका उनले पनि आफूलाई पार्टीको नेतृत्वमा पुग्न सहयोग गर्न आग्रह गरेका थिए। त्यस्तै, नेता शेखरले पनि नयाँ र पुरानो पुस्तालाई जोडेर सशक्त कांग्रेस बनाउन आफूले मात्र सक्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए। उनले आफू १५ औं महाधिवेशनमा सभापतिको दौडमा नहुने तर अहिले उम्मेदवार बन्ने बताउँदै सहयोग गर्न र पौडेलसहितका नेताहरूलाई संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको स्रोतको दाबी छ।

भेलामा सहभागी केन्द्रीय सदस्यहरूले संस्थापन इतर समूहबाट एउटामात्र उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नेताहरूलाई समझदारीमा एकजनाले मात्र उम्मेदवारी दिने वातावरण बनाउन सुझाएका थिए।

जबाफमा सभापतिका आकांक्षी नेताहरूले सहमतिका लागि प्रयास जारी रहेको बताएका थिए। ‘नेताहरूले नेतृत्वका लागि दाबी पेस गर्नु भएको छ,’ भेलामा सहभागी केन्द्रीय सदस्य बद्री पाण्डेले भने, ‘तर उहाँहरूले सहमतिका लागि प्रयास गरिरहेको र मिलेर नै उम्मेदवारी दिन्छौं पनि भन्नुभएको छ।’ भेलामा पार्टी क्रियाशील सदस्यता छानबिनलगायतका विषयमा पनि छलफल भएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।